मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुनिता नलिई स्टारलाइनर पृथ्वी फर्कने

rajdhanidaily.com · Fri Sep 06 23:09:11 UTC 2024

वासिङ्टन डीसी । बोइङको स्टारलाइनर अन्तरिक्ष यान शुक्रबार (स्थानीय समय) परिक्रमा गरिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)बाट अलग भएको छ । सो यान अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोरलाई नलिईकन पृथ्वीमा फर्कने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बताएको छ ।

यानले आज शनिबार (स्थानीय समय)मा न्यु मेक्सिकोको ह्वाइट स्यान्डर्स स्पेस हार्बरमा अवतरण गर्ने लक्ष्य बनाएको छ । नासाका अन्तरिक्षयात्री बेरी ‘बुच’ विल्मोर र सुनिता ‘सुनी’ विलियम्स गत ५ जुनमा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा आफ्नो पहिलो चालक दलको उडानका लागि ६ जुनमा अन्तरिक्ष स्टेसनमा पुगेका थिए । दुवै अन्तरिक्षयात्री एउटै उडानबाट पृथ्वीमा फर्कने अपेक्षा गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)