जाँचबुझ आयोगको प्रारम्भिक निष्कर्ष–'बढी भार र कम गतिले सौर्यको जहाज दुर्घटना’
ekantipur.com · Fri Sep 06 23:15:45 UTC 2024

काठमाडौँ — सौर्य एयरलाइन्स जहाज दुर्घटना जाँच आयोगले तौल र गति सन्तुलन नमिल्दा ‘टेक अफ’ का क्रममा पाइलटले नियन्त्रण गुमाएकाले दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकालेको छ । फेरि उडान (गैरव्यावसायिक उडान) मा अपनाउनुपर्ने मापदण्ड पालना नहुनु नै दुर्घटनाका सम्भावित कारण रहेको आयोगको निष्कर्ष छ ।
साउन ९ मा पोखराका लागि उडेको सीआरजे जहाज धावनमार्ग छाडेर १३० फिट उचाइमा पुगेको ४ सेकेन्डमै असन्तुलित भई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलछेउकै जमिनमा बजारिँदा १८ जनाको ज्यान गएको थियो । जहाज उछिट्टिएको ककपिटबाट घाइते क्याप्टेन मनीषरत्न शाक्यलाई उद्धार गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)