मुस्ताङका स्याउमा चढ्यो रङ, भरियो स्वाद
ekantipur.com · Fri Sep 06 23:20:03 UTC 2024

म्याग्दी — स्याउको बाहिरी आवरणमा रङ चढ्दै र स्वादमा गुलियोपन भरिँदै गएपछि मुस्ताङको ‘हाइब्रिड’ स्याउ बजार झर्न थालेको छ । छिटो पाक्ने उच्च घनत्वमा आधारित ‘हाइडेन्सिटी हाइब्रिड’ गाला जातको स्याउ भदौ १० र किङरोट जातको स्याउ भदौ १५ देखि बजार झर्न थालेको हो ।
‘हाइडेन्सिटी हाइब्रिड’ नै भए पनि ढिलो पाक्ने फुजी, जोनाप्रिन्स, गोल्डेन डेलासिस र स्थानीय गोल्डेन, रोयल, रेड डेलिसियस, रिचारेड र फुजी स्याउ भने असोज लागेपछि मात्र बजार पठाइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ ‘स्याउ जोन कार्यालय’ मुस्ताङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)