लामाचौर कपमा महिलातर्फ एपीएफलाई उपाधि
rajdhanidaily.com · Fri Sep 06 23:21:37 UTC 2024
पोखरा । पोखरामा आयोजित लामाचौर कपमा महिलातर्फ विभागीय एपीएफ क्लब विजयी भएको छ । शुक्रबार फाइनलमा न्यू डायमण्ड भलिबल टिमलाई ३–१ सेटमा हराउँदै एपीएफले उपाधिसहित १ लाख ५० पुरस्कार प्राप्त गरेको छ । यसपालि पनि उपविजेतामा सीमित डायमण्डले १ लाख प्राप्त गरेको छ ।
पहिलो र दोस्रो सेट आफ्नो पारेको एपीएफले तेस्रो सेट भने गुमाएको थियो । पहिलो सेट २५–२३, दोस्रो सेट २५–२३ सेटमा जितेको हो । तेस्रो सेट डायमण्डले २५–१३ मा जिते पनि चांैथो सेटमा अथक प्रयासबिच पनि बराबरी खेल्न सकेन । चौंथो सेट एपीएफले २५–१० मा जितेको हो । डायमण्ड लामाचौर कपको सुरूआति संस्करणतिर सर्वाधिक सफल टिम भए पनि पछिल्लोपटक विभागीयको वर्चस्व रहँदै आएको छ । डायमण्डले २०६९ देखि लगातार ४ वर्ष उपाधिमाथि कब्जा जमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)