मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

यमपञ्चकको पाँचौ दिन आज भाईटिका : दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटिका लगाइँदै

news24nepal.tv · Sat Nov 06 00:02:23 GMT 2021

काठमाडौँ । यमपञ्चकको अन्तिम दिन आज स्वेदश तथा विदेशमा रहेका हिन्दुहरुले परम्परा अनुसार दिदीबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिका लगाईदैंछ । यसबर्ष भाई टिकाको उत्तम साईत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ ।

साइतको समय भनिए पनि भाइटीका दिनैभर लगाउन कुनै फरक नपर्ने पनि समितिले प्रष्ट गरेको छ । दिदिबहिनीहरुले आफ्ना दाजुभाईलाई टिका लगाईदिदा धार्मिक विधि अनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरि कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाई दिएर चिरायुको कामना गर्ने गर्दछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)