मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

श्रीलंकामा नेपाली टोली पराजित

ekantipur.com · Fri Sep 06 23:35:54 UTC 2024

काठमाडौँ — श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली शुक्रबारको अभ्यास खेलमा पराजित भएको छ । प्रमुख खेलाडी रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अनुपस्थितिमा सोमपाल कामीले नेतृत्व गरेको नेपाली टोलीलाई श्रीलंका डेभलपमेन्ट टोलीले ५ विकेटले हराएको हो ।

ग्लोबल टी–२० लिग खेल्न क्यानडा गएका रोहित र दीपेन्द्र उतै छन् । श्रीलंकाली टोलीले टस जितेपछि ब्याटिङमा आएको नेपाल ४० ओभर खेल्दै १ सय ५९ रनमै अलआउट भयो । २४ ओभरमा १ सय रन पुग्नु अगाडि नै ६ विकेट गुमाइसकेको नेपाल त्यसपछि फेरि खेलमा फर्किन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)