आरन पेसाले घर व्यवहार धान्न मुश्किल
barnanmedia.com · Fri Sep 06 23:41:41 UTC 2024

काठमाडौँ, २२ भदौ : पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले दार्चुलामा आरन पेसा लोप हुँदै गएको छ । विगत केही वर्षमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायत घरेलु औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको छ ।
शैल्यशिखर नगरपालिका–६ का पदमे लुहार युवा पुस्ताले आरन पेसा गरेर जीविकोपार्जन गर्न मुश्किल भएको बताउनुहुन्छ । “यसबाट आय आर्जन खासै छैन”, उहाँले भन्नुभयो, “यो पेसा गरेर परिवार पाल्न धौ धौ परेपछि यसप्रति युवा पुस्ताको आकर्षण छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)