घर बेचेर डेढ करोड दान
himalpress.com · Fri Jun 26 16:34:55 GMT 2026

काठमाडौँ – जीवनभर कमाएको सम्पत्ति दान गर्ने मानिस भेटिन्छन्, तर आफ्नै घर बेचेर समाजलाई समर्पण गर्ने व्यक्ति विरलै हुन्छन्। आजको स्वार्थ र व्यक्तिगत लाभको प्रतिस्पर्धाले भरिएको समाजमा यस्तो निर्णय विश्वास गर्न पनि कठिन लाग्छ। तर पाल्पाका रामप्रसाद कोइरालाले असम्भवजस्तो लाग्ने कामलाई यथार्थमा परिणत गरेका छन्।
लामो समय संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) मा सेवा गरेका कोइरालाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओज बाल अस्पताल) मा आँखा, नाक तथा कान (ईएनटी) वार्ड स्थापना गर्न एक करोड ५० लाख रुपैयाँ सहयोग गरेका हुन्। काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा उनले अस्पतालका अध्यक्ष प्रा.डा. भगवान् कोइरालालाई उक्त रकमको चेक हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)