सहकारीको सबैभन्दा ठूलो डेरी बालाजुमा
abhiyandaily.com
सामूहिक कृषक डेरी सहकारी संस्थाले आगामी असोजदेखि दूध र दुग्धजन्य पदार्थको व्यावसायिक उत्पादन थाल्ने भएको छ । १० दुग्ध सहकारी र एक उपभोक्ता सहकारी संस्था मिलेर सामूहिक कृषि डेरी सहकारी संस्था गठन गरिएको बताइएको छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको डेरीले शुरुमा दैनिक ३० हजार लिटर दूध प्रशोधन गर्ने संस्थाका अध्यक्ष रमेशप्रसाद पाठकले बताए ।
डेरी सञ्चालनका लागि ११ सहकारी संस्थाले रू. ३ करोड लगानी गरेको बताइएको छ । कृषक सहकारी डेरीमा भक्तपुर दुग्ध सहकारी सङ्घ, ललितपुर दुग्ध सहकारी सङ्घ, काभ्रे दुग्ध सहकारी सङ्घ, जानकी दुग्ध उत्पादक सहकारी संस्था चितवन, भद्रकाली दुग्ध सहकारी संस्था चितवन, एकता दुग्ध सहकारी संस्था चितवन, कृषक परोपकार दुग्ध सहकारी संस्था चितवन, कंकाली दुग्ध उत्पादक सहकारी संस्था चितवन र चैनपुर गाविस चितवनको समेत शेयर लगानी रहेको छ । कृषक डेरी २०६५ साल माघमा दर्ता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)