महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
lokaantar.com

मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र कोशी प्रदेश भिड्ने भएका छन् ।
प्रतियोगिताअन्तर्गत आज सम्पन्न सेमिफाइनलमा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय रङ्गशालामा आज एपीएफ क्लब र लुम्बिनी प्रदेशबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भयो । त्यसपछि रनरेटको आधारमा एपीएफ क्लब फाइनलमा प्रवेश गरेको मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजीप्रसाद गुप्ताले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको फाइनल खेल आइतबार पर्साको वीरगञ्जस्थित टिबी शाह क्रिकेट मैदानमा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
मधेस प्रदेश
टी-२० विश्वकप