सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम सकियो
janaaastha.com · Wed Nov 17 16:35:08 GMT 2021
विदेशी सेनासहितको नेपाली सेनाले सञ्चालन गरेको प्रतिविद्रोह तथा जंगल युद्धकला सम्बन्धी तालिम सकिएको छ । बाराको अमलेखगञ्जमा रहेको सेनाको प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयले तालिम साउन २४ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन गरेको थियो ।
हिजो शिक्षालयमा आयोजित कार्यक्रममा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जनकुमार श्रेष्ठले दिनुभएको प्रवचनपछि तालिम समापन भएको हो । कार्यक्रममा शिक्षालयको विविधि गतिविधिहरु समावेश गरिएको अ जर्नी टु एक्सिलेन्स नामक कफी टेबल पुस्तक समेत विमोचन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)