मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सेवाग्राहीमैत्री हुँदै नागार्जुन

gorkhapatraonline.com · Thu Nov 09 06:10:53 GMT 2023

काठमाडौँ, कात्तिक २३ गते । नागार्जुन नगरपालिकाले सेवा प्रवाह र सुशासनलाई फरक रूपमा सञ्चालन गर्न थालेको छ । नगरपालिका वडा नं. ५ स्थित हरिसिद्धिमा अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेसँगै सेवा प्रवाह र सुशासनलाई फरक रूपमा सञ्चालन गर्न थालेको हो । नगरपालिकाको पहिलो तलामा नागरिक सहायता कक्ष स्थापना गरी सेवाग्राहीलाई परामर्श दिने गरेको छ ।

सहायता कक्षमा बसेका कर्मचारीले सेवाग्राहीको सेवाको प्रकृति, सेवा लिन लाग्ने समय, सेवा प्रदान गर्ने सम्बन्धित शाखा र कर्मचारीका बारेमा जानकारी गराएपछि सम्बन्धित शाखासम्म पु¥याउने गरेका छन् । नगरपालिकाको प्राङ्गणबाट मूलद्वार प्रवेश गर्नेबित्तिकै नागरिक सहायता कक्षमा रहेका कर्मचारीले सेवाग्राहीमैत्री सेवा प्रदान गर्ने गरिएको देख्न सकिन्छ । त्यस्तै अपाङ्गता भएका सेवाग्राहीका लागि ह्विल चेयरमै बसेर सम्बन्धित शाखासम्म पु¥याउने र आवश्यकताका आधारमा साङ्केतिक भाषाको व्यवस्था गरिएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले नगरपालिकाले आफ्नै अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेपछि कार्यालयलाई पूर्ण रूपमा सेवाग्राहीमैत्री बनाइएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)