पाँच दलित सङ्गठनबीच एकता: ५३३ सदस्यीय 'नेपाल दलित मोर्चा' गठन
gorkhapatraonline.com · Sun Jun 14 13:31:42 GMT 2026

। विभिन्न राजनीतिक दल सम्बद्ध पाँच वटा दलित सङ्गठनको एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत 'नेपाल दलित मोर्चा' गठन भएको छ । मोर्चाको एकता घोषणा तथा केन्द्रीय समितिको बैठकमा नेकपाका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्गठनलाई गतिशील बनाएर आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।
आइतबार आयोजित बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले समाजमा दलित भनेर घृणा र अपमान गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जिम्मेवारी लिनु मात्र ठूलो कुरा होइन, जिम्मेवारी पालना गर्नु महत्त्वपूर्ण हो । नवनिर्वाचित मोर्चाले न्याय र समानताका लागि निरन्तर सङ्घर्ष गर्नुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)