भारतमा कोरोना संक्रमणबाट नेशनल सेक्युरिटी गार्डका कमाण्डरको मृत्यु
ratopati.com
एजेन्सी । भारतमा कोरोना संक्रमणबाट नेशनल सेक्युरिटी गार्डका ग्रुप कमान्डरको वीरेन्द्र कुमार झाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार कोरोना संक्रमणका कारण निकै जटिल अवस्थामा पुग्दा समेत आइसीयु बेड नपाउँदा झाको मृत्यु भएको हो ।
वीरेन्द्रलाई अप्रिल २२ मा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनलाई दिल्लीस्थित नोयडा अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा उनको स्वास्थ्य अवस्था ठिक थियो । तर मे ४ पछि उनको हालत खराब हुँदै गएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)