मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

annapurnapost.com · Sat Dec 17 01:30:00 GMT 2022

पोखरा : राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएर सञ्चालनको तयारीमा छ। २०२३ जनवरी १ (पुस १७ गते) देखि उडान सुरु गर्ने गरी नागरिक उड्डयन कार्यालयले तयारी गरिरहेको छ।

सञ्चालनको मिति नजिकिए पनि अझै विमानस्थलदेखि तीन किलोमिटरभित्रै रहेको ल्यान्डफिल साइटमा पोखरा बजारको फोहोर फाल्ने क्रम रोकिएको छैन। यसैकारण ल्यान्डफिल साइट र विमानस्थल वरपर गिद्ध, चिललगायतका चराको गतिविधि अझै पनि उस्तै छ। ल्यान्डफिल साइट सार्ने विषयमा धेरै पहिलेदेखि संघ, प्रदेश र महानगरपालिकालाई आग्रह गरे पनि समयमै समस्या समाधान हुन नसकेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए। राष्ट्रिय गौरवको आयोजनालाई प्रभावित हुन सक्ने अवरोध पहिचान गरेर योजना सुरु गरेसँगै संघ सरकारले नै बजेट छुट्ट्याएर ल्यान्डफिल अन्यत्र व्यवस्थापन गर्न पहल गर्नुपर्नेमा महानगरपालिकाको मात्र भर पर्दा यो समस्या आएको नागरिक समाज पोखराका पूर्वसंयोजक विष्णुहरि अधिकारी बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)