गम्भीर मुद्दा छिटो टुंग्याइऊन्
annapurnapost.com · Sun Dec 03 00:48:00 GMT 2023
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहितको समूहलाई पुर्पपक्षका लागि थुनामा पठाउने गत असार १ मा उक्त अदालतले आदेश दिएको थियो। आफूहरूले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने जिकिर गर्दै उनीहरू उच्च अदालत पाटन गएका थिए। त्यसमा अदालतले पूर्वउपप्रधानमन्त्री रायमाझीसहित ९ जनालाई धरौटीमा छाड्न अस्वीकार गरेको छ। पूर्वगृहमन्त्री खाँणको विषयमा धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्नेमा न्यायाधीशहरूको राय बाझिएको छ। उनको मुद्दा अर्को एकल इजलासमा पठाउने निर्णय लिइएको छ। ६ जनासँग धरौटी मागिएको छ। चार जनालाई साधारण तारिखमा छाडिएको छ। कसलाई छाडियो वा छाडिएन वा के आदेश भयो भन्नेभन्दा पनि प्रश्न– गम्भीर विषयको न्यायसम्पादनमा गरिने ढिलाइको हो।
उस्तै परे यो मुद्दा नै किनारा लागिसक्ने बेला भयो। तर, जिल्लाको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा गएकाहरूलाई छोड्ने वा थुन्ने विषयको आदेश बल्ल आएको छ। मुद्दा भने अघि बढ्न सकेको छैन। राष्ट्रिय महत्वका, चर्चामा रहेका व्यक्ति विशेषका मुद्दालाई अग्राधिकार दिई हेरिनुपर्नेमा त्यस्तो हुन सकेको छैन। शक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण हुन् क्रिकेट खेलाडी सन्दीप लामिछानेकै मुद्दा ढिलाइ हुँदै गएका छन्। पछिल्लो समय न्यायालयप्रति आमनागरिकको आशा, भरोसा बढ्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)