तत्कालीन शिक्षामन्त्रीको निर्देशनमा एसईईमा जफत गरिएका १ करोड मूल्यका मोबाइल नष्ट
clickmandu.com · Fri Jun 05 06:56:16 GMT 2026

सिरहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद गरिएका ४९६ वटा मोबाइल फोन र पाँच वटा स्मार्टवाच नष्ट गरिएको छ ।
गत चैतमा सम्पन्न एसइई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट सात वटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र पाँच वटा स्मार्टवाच बरामद गरिएको थियो । ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै बिहीबार नष्ट गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)