भएभरका चिप एआईले खोस्दा ग्राहकको गोजी रित्तिँदै, यसरी महँगिदैछन् मोबाइल, ल्यापटप र मेमोरी कार्ड
techpana.com · Sun Jun 14 13:40:57 GMT 2026

यदि तपाईं नयाँ स्मार्टफोन, ल्यापटप वा क्यामेराको मेमोरी कार्ड किन्ने सोचमा हुनुहुन्छ र बजार बुझ्दा मूल्य सुनेर तर्सिनुभएको छ भने, तपाईं एक्लो हुनुहुन्न । नेपाली बजारमा मात्र नभई विश्वभर नै डिजिटल उपकरणहरूको मूल्यमा ऐतिहासिक उछाल आएको छ ।
६ महिना अगाडिसम्म नेपाली बजारमा १० देखि १२ हजार रुपैयाँमा सजिलै पाइने ३ जीबी र्याम + ६४ जीबी स्टोरेज भएका फोनहरू अहिले विरलै भेटिन्छन् । उपभोक्ताको रोजाइमा पर्ने ४ जीबी र्याम + १२८ जीबी स्टोरेजको सुरुवाति मूल्य पहिले १२-१३ हजार रुपैयाँ रहेकोमा अहिले बढेर न्यूनतम २० हजार पुगेको छ । कतिपय स्थापित ब्रान्डले त यही क्षमताको फोनलाई २५ देखि ३० हजार रुपैयाँसम्म पुर्याइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)