जताततै फोहोरको डङ्गुर, प्रशोधन गर्ने मेसिन नेपालमै बन्छ अनि सरासर विदेशिन्छ
ekagaj.com · Sun Jul 10 16:25:53 GMT 2022
मकवानपुर - जनप्रतिनिधिहरूलाई चुनौती बनेको छ फोहोर व्यवस्थापनको विषय । देशको संघीय राजधानी होस वा प्रदेशको राजधानी वा जिल्ला सदरमुकामहरू प्रायः सबै तिर फोहोर व्यवस्थापनको चुनौती छ । प्लाष्टिकजन्य फोहोरको कारण वातावरणीय सरसफाइ मुख्य समस्याको रुपमा रहेको छ ।
तर त्यही फोहोरलाई प्रशोधन गरेर प्रयाप्त आम्दानी गर्न सकिने मेसिन नेपालमै बन्छ र विदेशिन्छ । तर नेपालमा हालसम्म प्रयोग मै ल्याएको छैन । नजिकको तीर्थ हेला भने झै नेपालमै एक यस्ता व्यक्ति छन् जसले फोहोरलाई प्रशोधन गरेर, विद्युत, ग्याँस, कोइलालगायतको उर्जा उत्पादन गर्ने मेसिन बनाउँछन, र विदेश पठाउँछन् । जुन कुरा नेपालका केही नेतृत्वहरुलाई थाहा छ, तर उनीहरुले चासो नदिएको कारण नेपालमा हालसम्म एउटा पनि खपत भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)