मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिंहदरबारभित्रै बन्ने भयो पाँच चार्जिङ स्टेसन

nayapatrikadaily.com · Tue Dec 27 00:33:00 GMT 2022

मुुलुककै प्रमुख ठूलो प्रशासनिक क्षेत्र सिंहदरबारपरिसरमा विद्युतीय सवारीसाधन चार्ज गर्न पाँचवटा चार्जिङ स्टेसन बनाइने भएको छ । ग्यास हटाएर विद्युतीय चुलो जडान गर्ने योजना करिब सफल भएपछि सिंहदरबारमा चार्जिङ स्टेसन बनाउन लागिएको हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सिंहदरबारभित्र ३०–३० केभी क्षमताका पाँचवटा चार्जिङ स्टेसन बनाउन लागेको हो । चालू आर्थिक वर्ष ०७९/८० को बजेटमा व्यवस्था गरेबमोजिम अहिले सिंहदरबारमा ग्यास चुलो लैजानै निषेध छ । हाल सिंहदरबारभित्रका क्यान्टिन र विभिन्न कार्यालयको भान्सामा विद्युतीय चुलो प्रयोग भइरहेको छ । विद्युत् विकास दशक कार्ययोजनाअन्तर्गत चार्जिङ स्टेसन बनाउन लागेको मन्त्रालयको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)