भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना तेस्रो लहर आउन सक्ने चेतावनी
Ujyaaloonline.com · Wed Jun 23 00:33:58 GMT 2021
काठमाण्डाै – भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक भएर निस्कने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
अहिलेसम्म नेपाल, भारत, अमेरिका, बेलायत, पोर्चुगलसहित डेल्टाको नयाँ म्युटेन्ट विश्वका १० देशमा भेटिएको छ । भारतको महाराष्ट्र, केरला र मध्य प्रदेशमा नयाँ भेरियन्टका बिरामी भेटिएकाले सचेत हुन भनिएको छ । भारतमा डेल्टा भेरियन्टकै कारण कोरोनाको दोस्रो लहर फैलिएको विज्ञले बताउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)