विपद् व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरको अग्रसरता: ११७ स्थानीयलाई उद्धार तालिम
gorkhapatraonline.com · Sun Jun 14 13:45:17 GMT 2026

नेपालगन्ज उपमहानगरपालिकाले प्राकृतिक तथा अन्य विपद्का समयमा समुदायस्तरमै तत्काल उद्धार कार्य सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति तयार गर्न सुरु गरेको छ । सोही क्रममा उपमहानगरपालिकाका विभिन्न वडाका ११७ जना स्थानीय नागरिकलाई 'आधारभूत खोज तथा उद्धार तालिम' प्रदान गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सहरी विपद् तथा भूकम्पीय जोखिम पूर्वतयारी परियोजना (सुपर) अन्तर्गत आयोजित तालिममा उपमहानगरका सबै वडाबाट प्रतिनिधित्व गराइएको जानकारी दिनुभयो । विपद् व्यवस्थापनका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको सो तालिममा ५९ महिला र ५८ पुरुष गरी ११७ जनाको सहभागिता रहेको थियो । यस जनशक्तिबाट विपद्का समयमा तत्काल उद्धारमा ठूलो सहयोग मिल्ने नगर प्रमुख विष्टले स्पष्ट पार्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)