गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्वागत
barnanmedia.com · Sun Jul 27 22:03:58 GMT 2025

गाजामा युद्धका कारण उत्पन्न मानवीय संकट झनै गम्भीर बन्दै गएको सन्दर्भमा, इजरायलले केही सुरक्षित स्थलमार्गहरूबाट मानवीय सहायता सामग्री पठाउन अनुमति दिएको निर्णयलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।
संयुक्त राष्ट्रसंघका आपतकालीन सहायता समन्वयक टम फ्लेचरले यस निर्णयप्रति सकारात्मक प्रतिक्रिया दिँदै, यो अवसरमा सयौं हजार भोकमरी पीडित नागरिकहरूसम्म सहायता पु¥याउने प्रयास गरिने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभयो, “गाजामा मानवीय सहायता पठाउने अनुमति दिइएको सूचना स्वागतयोग्य छ । हाम्रो टोली यथासम्भव धेरै मानिससम्म पुग्ने प्रयासमा जुटिरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)