घरघरै पुगेर बालबालिकाको स्वास्थ्य चेकजाँच
rajdhanidaily.com · Mon Dec 25 23:20:32 GMT 2023
बझाङ । डेढ वर्षीया बालिका । मुखभरी घाउ नै घाउ । तल्लो ओठमुनिको भाग पाकेर रगत र पीप बगिरहेको छ । उनी खेल्दैगर्दा पीडाले बेला बेला छट्पटाउँथिइन् । घाउकै कारण खानासमेत राम्ररी खान सक्दिन थिइन् ।
दृश्य मष्टा गाउँपालिका–६ को हो । बालिकाका बुबाआमा रोजगारीका लागि भारतमा छन्् । उनको जिम्मेवारी घरका अन्य अभिभावकमाथि छ । तर, उपचारको लागि नजिकैको स्वास्थ्यचौकीसम्म पनि नलगेको अवस्था थियो । ‘घरेलु उपचार गर्दा ठीक हुन्छ’ भनेर कुरिरहेका रहेछन्् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)