मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पाँचखालमा राष्ट्रिय खुला सोतोकान कराते प्रतियोगिता हुँदै

barnanmedia.com · Mon Jun 09 22:32:33 GMT 2025

जिल्लाको पाँचखालमा राष्ट्रिय खुला सोतोकान कराते प्रतियोगिता हुने भएको छ । नेपाल सोतोकान कराते–डो एसोसिएसन काभ्रेपलाञ्चोकद्वारा यही जेठ ३० र ३१ गते प्रतियोगिता हुने भएको हो ।

आयोजकद्वारा सोमबार बनेपामा पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा कम्तीमा १४ वटा जिल्लाका खेलाडी सहभागी हुने जानकारी गराइएको छ । प्रतियोगितामा तीन सय खेलाडीले २५ विधामा प्रतिस्पर्धा गर्ने अयोजकका सचिव राममणि काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार २४ स्वर्ण, २४ रजत र ४८ वटा कास्य गरी जम्मा ९६ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)