मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

करिब साढे ७ करोड सडकबत्तीको महसुल बक्यौता

rajdhanidaily.com · Fri Mar 10 23:26:35 GMT 2023

रौतहट । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले सडकबत्तीको बक्यौता करिब साढे ७ करोड रुपैयाँ रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाअन्तर्गतका पाँचवटा नगरपालिकाको सडकबत्तीको महसुल बक्यौता रहेको हो ।

प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र यादवका अनुसार चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर नगरपालिकाले सडकबत्ती बालेबापतको सो महसुल बक्यौता रहेको देखिएको हो । सबैभन्दा बढी चन्द्रपुर नगरपालिकाको १ करोड ९१ लख ५५ हजार ७६ रुपैयाँ बक्यौता देखिएको कार्यालय प्रमुख यादवले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)