घुँडाको चोटका कारण डेम्बेले युरोबाट बाहिर
ekantipur.com · Tue Jun 22 00:28:25 GMT 2021
बुडापेस्ट — फ्रान्सका फरवार्ड ओस्मान डेम्बेलेले घुँडाको चोटका कारण युरो २०२० का बाँकी खेल गुमाउने भएका छन् । फ्रान्सले आइतबार हंगेरीसँग १–१ को बराबरीमा टुंग्याएको खेलमा डेम्बेले मध्यान्तरमा मैदान प्रवेश गरेका थिए, तर घुँडामा चोट बोकेपछि त्यसको ३० मिनेटमै उनलाई परिवर्तन गर्नुपरेको थियो ।
‘ओस्मान डेम्बेलेको आइतबार राति बुडापेस्ट अस्पतालमा एक्सरे गरिएको छ,’ फ्रान्सेली फुटबल संघले सोमबार आफ्नो विज्ञप्तिमा भनेको छ, ‘फ्रान्सेली टोलीसँगै रहिरहन उनको चोट निको हुने समय कम छ ।’ सन् २०१७ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट बार्सिलोना आएयता २४ वर्षे डेम्बेले लगातार चोटले पिरोलिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)