पाइपलाइनबाट पेट्रोल ल्याउन करिब दुई करोड लिटर क्षमताको ६ वटा भण्डारण गृह बन्दै
nayapatrikadaily.com · Tue Oct 05 16:27:00 GMT 2021
दुई वर्षदेखि डिजेल मात्रै आयात भइरहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट पेट्रोलसमेत आयात गर्न नेपाल आयल निगम लिमिटेड र इन्डियन आयल कर्पोरेसन (आइओसी)ले ६ ठूला भण्डारण गृह (स्टोरेज ट्यांक) निर्माण गर्न लागेका छन् ।
करिब तीन अर्ब भारुमा आइओसीले नै बनाइदिएको पाइपलाइन २४ भदौ ०७६ बाट सञ्चालनमा आएको हो । सुरुको दिनबाटै डिजेल मात्रै आयात भइरहेको पाइपलाइनबाट वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी ढुवानी खर्च बचत हुन थालेपछि आयल निगम र आइओसीले चाँडै पेट्रोलसमेत ल्याउन भण्डारण गृह निर्माणका लागि बोलपत्र आह्वान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)