मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादी र रास्वपा एक कदम पछाडि, कांग्रेस आन्तरिक छलफलमा

rajdhanidaily.com · Mon Jun 09 23:06:10 GMT 2025

काठमाडौं । पेचिलो बनेको भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दल एक कदम पछाडि हटेका छन् । प्रतिपक्षी दलको प्रस्तावअनुसार सत्तारूढ नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । दलहरूका बीचमा सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध हुँदैआएको छ ।

सोमबार बसेको बैठकमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठक बुधबार बस्नेगरी स्थगित भएको छ । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरू एक कदम पछाडि हटेका छन् । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका उनीहरूले सो माग छोडेका छन् । तर, उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)