अनायास प्रदेश प्रमुख ठोरीमा
rajdhanidaily.com · Mon Jun 09 23:28:59 GMT 2025

वीरगन्ज । पर्साको ठोरीमा मधेश प्रदेशका मन्त्रीहरु मात्र नभई मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारी समेत पुगेकी छन् । यो प्रदेशको पर्यटकीयस्थल मध्ये राम्रो सम्भावना बोकेको ठोरीमा मधेश प्रदेश प्रमुख भण्डारी अनायास पुगेकी हुन् ।
भगवान रामकी पत्नी सीता त्रेता युगमा रामसँगै बनवास गएका समयमा बसेको भनिएको सीता गुफा लगायतका विभिन्न पर्यटकीयस्थलहरुमा उनले भ्रमण गरेको ठोरी गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठले बताए । अनायास ठोरी गाउँपालिकामा पुगेकी प्रदेश प्रमुख भण्डारीलाई ठोरी गाउँपालिकाले आफ्नो सभाहलमा स्वागत गर्दै एक सभा समेत गरिएको गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)