मुख्य रजिस्ट्रार र रजिस्ट्रारमाथि ‘न्यायिक टिप्पणी’ किन ?
rajdhanidaily.com · Mon Jun 09 23:19:40 GMT 2025

काठमाडौं । सर्वोच्च अदालतले आफ्नै मुख्य रजिस्ट्रार र रजिस्ट्रारले कर्तव्य र अधिकारको जिम्मेवारीपूर्वक वहन गर्न नसकेको’ ठहर गरेको छ । न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले रिट निवेदन दर्ता गर्दा कानुनी आधार र हकदैयाको सुनिश्चितता गर्न तथा अनावश्यक वा गैरकानुनी रिट दायर हुन नदिन मुख्य रजिस्ट्रारका नाममा आदेश गरेको हो ।
हकदैया नहुने(हक नलाग्ने) व्यक्तिको रिट दर्ता गरेकामा सर्वोच्चले आफ्नै मुख्य रजिस्ट्रार र रजिस्ट्रारका नाममा ‘न्यायिक टिप्पणी’ जारी गरेको हो । सर्वोच्च अदालतबाट अन्तिम फैसला भइसक्दा पनि त्यस विषयमा परेको रिट दर्ता गरेपछि न्यायाधीश नहकुल सुवेदीले ११ वैशाख २०८२ मा सो आदेश गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)