ऋण दिँदा ७४ लाख घुस बुझ्ने नेपाल बैंकका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
rajdhanidaily.com · Mon Jun 09 23:24:11 GMT 2025

काठमाडौं । बर्खास्तीमा परेका नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । ऋण दिँदा विभिन्न कम्पनीबाट घुस लिएको अभियोगमा अधिकारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
घुस लिएको आरोपपछि नेपाल बैंकको सञ्चालक समितिले उनलाई अध्यक्षबाट हटाएको थियो । साथै, बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिम उनलाई ५ लाख रुपैयाँ जरिमाना र सञ्चालक पदबाटसमेत बर्खास्त हुनेगरी नेपाल राष्ट्र बैंकले नेपाल बैंकमा पत्र पठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)