कर्णालीमा कानुन विपरित खेलकुद परिषद्मा सदस्य सचिव नियुक्त
rajdhanidaily.com · Mon Jun 09 23:36:47 GMT 2025
सुर्खेत । कर्णाली प्रदेश सरकारले कानुन विपरित कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव नियुक्त गरेको छ । जेठ १८ गतेको मन्त्रिपरिषदको बैठकले रिक्त सदस्य सचिव पदमा सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखा प्रमुख (उपसचिव) जवाहरलाल हमाललाई नियुक्त गरेको हो ।
मन्त्रिपरिषद्ले हमाललाई कानुन विपरित सदस्य सचिवको नियुक्त गरेपछि उच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्धय शेरबहादुर खत्री र उपेन्द्रकुमार रावतले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, सदस्य सचिवमा नियुक्त भएका मन्त्रालयका उपसचिव हमाल र प्रदेश खेलकुद विकास परिषद्लाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)