विदेशी मदिरा आयातको वृद्धिले आर्थिक संकटको धज्जी
rajdhanidaily.com · Mon Jun 09 23:39:21 GMT 2025

वीरगन्ज । मुलुकमा आर्थिक शंकटको अवस्था अझ कसिलो बन्दै गएको छ । तर तयारी अवस्थाको महँगो मदिरा गत बर्षभन्दा बढि नेपाल भित्रिएको तथ्याँकले भने यहाँ आर्थिक शंकट नगहिरिएको संकेत गर्दछ । भन्नुको तात्पर्य नेपालीहरुसँग प्रसस्तै पैसा छ र तयारी अवस्थाको महंगो मदिरा बढि खपत गर्छन्, अनि आयात पनि तुलनात्मक रुपमा बढेको भन्ने संकेत देखिएको हो ।
विदेशबाट आयात भएको तयारी अवस्थाको मदिरा सर्वसाधारणको पहुँचभन्दा बाहिर हुन्छ । महँगा होटेल, पार्टी प्यालेस र रेष्टुरेन्टहरुमा पुगी खान सक्ने पहुँच उनीहरुमा कम हुन्छ । त्यसको तुलनामा नव धनाढ्य जस्तैः भ्रष्टाचारी, तस्कर र कालाबजारिया तथा सुकर्म विपरित कार्य गर्नेहरुको बर्चश्वसँग यसले बढि सरोकार राख्दछ । यो भनेको मुलुकमा नव धनाढ्यहरु अझ जकडिएरहेका र मदिरा पारखीहरु बढिरहेका छन् भन्ने एउटा मानक प्रष्टिएको पनि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)