अमेरिका–युरोप व्यापार वार्ता : राष्ट्रपति ट्रम्प र युरोपेली आयोग प्रमुखबीच सहमतिको प्रयास
barnanmedia.com · Sun Jul 27 22:17:46 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लायनबीच आइतबार स्कटल्याण्डको टर्नबेरीमा अत्यन्तै महत्त्वपूर्ण बैठक हुन गइरहेको छ । यो बैठक दुई पक्षबीच लामो समयदेखि जारी व्यापार सम्बन्धी मतभेद समाधान गर्ने दृष्टिकोणले निर्णायक मानिएको छ ।
राष्ट्रपति ट्रम्पले अगस्ट १ भित्र सहमति नभएमा युरोपेली संघबाट आयात हुने विभिन्न वस्तुहरूमा ३० प्रतिशतसम्मको शुल्क लागु गर्ने सम्भावनाबारे संकेत गरिसकेका छन् । त्यसैगरी, युरोपेली संघले पनि आफ्ना सदस्य राष्ट्रहरूका साझा हितको रक्षाका लागि वैकल्पिक रणनीतिहरू तयार गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)