मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परिवर्तन यहाँ गर्नु छ

rajdhanidaily.com · Tue Aug 24 23:36:37 GMT 2021

नेपालका ग्रामीण जाँतो, ढिकी, कोल स्वचालित बनाउनु छ । किसानले चलाउने हलो, कुटो कोदालो आधुनिक मेसिनबाट स्वचालित चल्ने प्रविधिको विकास गर्नु छ । विदेशबाट महँगोमा किनेर ल्याएको कीटनाशक औषधिले बालीनालीमा लाग्ने शत्रु कीरा मात्र होइन, मित्र कीरासमेत मार्न प्रयोग भएको छ । जसले बालीनालीमा प्रजनन प्रक्रियामा नै असर गरेको छ र उत्पादन शक्तिमा ह्रास आएको छ । अत्यधिक विषादीको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याएको छ । त्यसभन्दा पनि विषादीको प्रयोगले मानव शरीरमा भयानक असर गरेको छ । यसैको कारण मानवीय स्वास्थ्यमा घातक रोग क्यान्सर, छालाजन्य रोग, आँखाको रोग, अपांग, बाँझोपन आदि दिनप्रतिदिन बढिरहेको छ ।

सुरुवात यहाँबाट भएको छः मानिस स्वार्थी प्राणीमध्ये एक हो । त्यही स्वार्थी स्वभावले उसलाई कालान्तरमा अन्त्यको बाटोतिर डो-याएको छ । उसलाई छिटो धनी हुनु छ । अनि उसले अनेक हत्कण्डा रचना गर्न थाल्छ । जसलाई बुझ्न सजिलोका लागि केही उदाहरण प्रस्तृत गर्नु सान्दर्भिक होला । गाउँले मान्छे भन्नासाथ सबैको नजरमा सोझो, इमानदार, परिश्रमी भन्ने हुन्छ । तर, ऊ छिटो धनी बन्ने लालसाले अखाद्य वस्तुको प्रयोग गर्न पुग्छ । गाउँले भाषामा यसलाई पाप भनिन्छ । बूढापाकाको भाषामा पाप गर्नुहुँदैन । पाप गरेमा पुस्तौंपुस्ता (सन्तान दरसन्तान) सम्मलाई पोल्छ भन्ने चलन छ । ती बूढापाकाको भनाइ बेवास्ता गरेर अहिले सबैभन्दा पाप कार्य सुरु भएको छ । तरकारीमा अत्यधिक विषादी, छिटो बढ्ने औषधिको प्रयोग, रक्सी कडा (झ्याप्प लाग्ने) बनाउन कानेगुजी, केराको रस, मोजा डुबाउने, महमा चिनीको मात्रा बढी प्रयोग, घिउमा पिडालु, वनस्पति घिउ आदि मिसाउने खराब आचरणले प्रश्रय पाएको छ । यिनै खानामा अखाद्य वस्तु मिसावटको कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असरस्वरूप विविध रोग देखिन थालेका छन् । यो स्वार्थी खराब आचरणले एकातिर आफ्नै स्वास्थ्यमा असर गरिरहेको छ भने अर्कोतिर त्यसको उपभोक्ताले स्वास्थ्यमा ठूलो क्षति बेहोर्नुपरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)