प्रेरक प्रसंग : चरा र किसानको कथा
nayapatrikadaily.com · Fri Dec 01 00:15:00 GMT 2023
यो गाउँका एउटा किसानको कथा हो । ती किसानको गाउँभन्दा केही पर थोरै खेत थियो । रोपाइँ भएको केही दिनपछि उसको खेतको भित्तामा एउटा चराले गुँड बनायो । सो चराले केही दिनपछि दुइटा अन्डा पार्यो र ती अन्डाबाट दुई साना बचेरा निस्के । किसानको खेतवरपर ती बचेरा रमाउँदै हुर्कन थाले । यसैबीच, खेतमा बाली काट्ने वेला आयो । गाउँका सबै किसानले आ–आफ्नो खेतको धान काट्न थाले । एक दिन खेतमा ती बचेराले किसानले ‘ओहो धान त पाकिसकेछ ! भोलि छिमेकीलाई काट्न पठाउनुपर्ला’ भन्दै गरेको सुने । यो सुनेर ती बचेराहरू बढो खिन्न भए । साँझ आमा फर्केपछि ती बचेराले किसानले भनेको कुरा सुनाए र भने, ‘आमा, यहाँ हाम्रो यो नै अन्तिम दिन हो । हामी राति नै यो ठाउँ छोडेर अन्त जानुपर्छ ।’
माउ चराले जवाफ दिन्छे, ‘अहिले नै गइहाल्नुपर्दैन, केटाकेटी हो । भोलि धान काटिन्छ जस्तो लाग्दैन मलाई त ।’ भोलिपल्ट किसानका छिमेकी खेतमा धान काटिदिन आएनन् । माउ चराले भनेको मिल्यो । साँझपख खेतमा आएर हेर्दा धान नकाटिएको देखेपछि किसान गनगनाउन थाल्यो, ‘हत्तेरी, भोलिचाहिँ आफन्तलाई धान काट्न पठाउँछु ।’ चराका बचेरा किसानको कुरा सुनेर फेरि खिन्न भए । राति आमालाई किसानको योजना सुनाए । हिजोजस्तै आज पनि उनले भनिन्, ‘चिन्ता नलेऊ । आज पनि हामी जानुपर्दैन । उसका आफन्त आउँदैनन् ।’ चरीले भनेझैँ किसानका आफन्त पनि धान काटिदिन आएनन् । आज पनि खेत नकाटिएको देखेपछि किसान फतफताउन थाल्यो र भन्यो, ‘भएन, भोलि चाहिँ आफैँ आएर काट्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)