इजरायलको मन्त्रिपरिषद्ले लेबनानको युद्धविराम ढाँचाबारे छलफल गर्दै : मन्त्री
barnanmedia.com · Wed Oct 30 15:03:29 UTC 2024

इजरायली ऊर्जामन्त्री एली कोहेनले बुधबार इजराइलको सुरक्षा मन्त्रिपरिषद्ले लेबनानको दक्षिणी भूभागमा भइरहेको इजÞरायली सेनाको स्थल आक्रमणसँग सम्बन्धित युद्धविराम सम्झौताका शर्तहरूबारे छलफल गरिरहेको बताउनुभएको छ ।
“छलफल भइरहेका छन्, मलाई लाग्छ यसलाई अझै केही समय लाग्नेछ”, कोहेनले इजरायली सार्वजनिक रेडियोलाई भन्नुभयो ।इजरायलको च्यानल १२ टेलिभिजनका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मङ्गलबार बेलुका मन्त्रीहरूसँग ६० दिनको युद्धविरामको बदलामा इजÞरायलका मागका बारेमा वार्ता गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)