मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फेरदौस र शर्मिनको ब्याटिङमा बंगलादेशलाई सफलता

hamrokhelkud.com · Sun Jun 14 13:22:42 GMT 2026

फेरदौस र शर्मिनको ब्याटिङमा बंगलादेशलाई सफलता

एजेन्सी – जुयरिया फेरदौस र शर्मिन अख्तरको संयमित तथा प्रभावशाली ब्याटिङको मद्दतमा बंगलादेश महिला टोलीले आइसिसी महिला टि ट्वान्टी विश्वकपको समूह चरणको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ।

नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । जवाफी लक्ष्य १४० रन बंगलादेशले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले कप्तान बाबेट डि लिडेको अर्धशतकको मद्दतमा १ सय ३९ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्‍यो।

डि लिडेले ४५ बलमा अर्धशतक प्रहार गर्दै इनिङ्स सम्हाले पनि अन्य ब्याटरहरू नियमित अन्तरालमा आउट भए।

बंगलादेशका बलरहरूले निरन्तर दबाब बनाउँदै विकेट लिँदा नेदरल्यान्ड्स ठूलो स्कोरतर्फ अघि बढ्न सकेन।

१ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशकी ओपनर जुयरिया फेरदौसले आक्रामक सुरुआत गर्दै टोलीलाई बलियो आधार दिइन्। उनले ५० रनको उत्कृष्ट इनिङ्स खेलिन् ।

अर्कोतर्फ शर्मिन अख्तरले संयमित तर महत्वपूर्ण ३७ रन बनाएर टोलीलाई जिततर्फ डोर्‍याइन्। उनी अन्त्यसम्म नटआउट रहिन् र आवश्यक साझेदारी गर्दै बंगलादेशलाई सुरक्षित रूपमा लक्ष्य पार गराइन्।

नेदरल्यान्ड्सकी इन्डे डि लाङ्गेले २ विकेट लिएर केही दबाब सिर्जना गरे पनि बंगलादेशको ब्याटिङ गहिराइका कारण घरेलु टोली रोक्न सकेन।

Latest News

यू–१९ छात्र भलिबल – पोखरा युनाइटेड र न्यूटन फाइनलमा

June 14, 2026

फेरदौस र शर्मिनको ब्याटिङमा बंगलादेशलाई सफलता

June 14, 2026

शानाका र मिशाराको अर्धशतकमा श्रीलंकाको जित

June 14, 2026

All Latest News

Popular News

यू–१९ छात्र भलिबल – पोखरा युनाइटेड र न्यूटन फाइनलमा

June 14, 2026

फेरदौस र शर्मिनको ब्याटिङमा बंगलादेशलाई सफलता

June 14, 2026

शानाका र मिशाराको अर्धशतकमा श्रीलंकाको जित

June 14, 2026

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)