मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रोकौं सडक दुर्घटना

annapurnapost.com · Thu Dec 02 06:11:00 GMT 2021

तथ्यांक फरक–फरक होलान्, सडक दुर्घटना नभएका विश्वमा मुलुक पाउन सायदै पाइएला। यो समस्या सबैको एउटै हो। यसलाई न्यूनीकरण गर्न मुलुकपिच्छेका फरक–फरक नियम–कानुन होलान्। तर, दुर्घटनालाई शून्यमा पार्न नसके पनि न्यूनीकरण गर्न भने सकिएका कयौं उदाहरण छन्। सडक दुर्घटनाका कारण देशपिच्छे फरक हुन सक्छन्। कतै अत्यधिक गति, कतै भौगोलिक बनावट त कतै सवारीसाधनको अवस्थाका कारण दुर्घटना हुन्छन्। अझ नेपालजस्तो अल्पविकसित मुलुकमा यो समस्या अत्यधिक छ। यहाँ उल्लेखित सबै प्रकारले प्रायः दैनिकजसो दुर्घटना भएका छन्। यसकै कारण हुने मृत्यु र घाइतेको तथ्यांक ग्राफ बढ्दैछ।

अधिकांश दुर्घटना अञ्जानमै हुन्छन्। तर, सवारीसाधनमा ठोक्किएर वा लडेर सामान्य घाइते भएका व्यक्तिलाई उपचार गरेर बचाउनुको साटो प्राण नै लिन खोज्ने गलत प्रवृत्ति चालकमा मौलाएको भेटिन्छ। मानवीयताको हद नै पार गरेर चालक तथा सवारी धनीबाट हुने गरेका यस्ता अपराधकर्मका कारण धेरैले अकालमा मृत्युवरण गर्नु परेका पनि घटना छन्। पछिल्ला दिनमा एकपछि अर्कोगरी भइरहेका यस्ता घटनाले मानिसमा स्वार्थी प्रवृत्ति झांगिरहेको स्पष्ट हुन्छ। कमजोर कानुनको फाइदा उठाउँदै हुने गरेका यस्ता घटना न्यूनीकरण गर्न कानुनी संरचनामा परिवर्तन गरेर कडा कारबाहीको प्रावधान पनि राखिनुपर्छ। सँगसँगै जनचेतना अभियान पनि सञ्चालन गरिनुपर्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)