वडाध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी
ratopati.com
गुल्मीका एक जना वडाध्यक्षले पदबाट राजीनामा दिइ वडा सदस्यमा उम्मेदवारी दिएका छन् । मुसिकोट नगरपालिका–३ का अध्यक्ष कर्णबहादुर घर्ती क्षेत्री (कर्णध्वज जिसी ) ले उक्त पदबाट राजीनामा दिइ सोही वडाको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।
उनले गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष जितेका थिए । केही दिनअघि एमाले परित्याग गरेका उनले अहिले भने एकीकृत समाजवादीमा समाहित भएर गठबन्धनको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)