मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्वरोजगारीमा युवाको आकर्षण

ekantipur.com · Tue Apr 16 23:21:37 UTC 2024

‘खाडीमा भन्दा चौंरीपालनमा आम्दानी’ शीर्षकको खबरले उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने जनता मात्र नभई सत्ताधारीलाई समेत उत्प्रेरणा प्रदान गर्ने देखिन्छ । पाँचथरका उच्च पहाडी भेगमा कृषि उत्पादनका अनेक सम्भावनाबीच चौंरीपालन व्यवसायबाट उच्च प्रतिफल पाउने सम्भावना देखेपछि वैदेशिक रोजगारीबाट हन्डर खाएर फर्केका स्थानीय युवा आफ्नै ठाउँमा परम्परागत कामप्रति आकर्षित भएका हुन् ।

फालेलुङ–४ का फिपराज राईले साउदी अरबमा ४ वर्ष बसेर हाडछाला घोट्दा मात्र ४ लाख रुपैयाँ कमाएको, त्यहींका अर्का युवा अजय केरुङले मरुभूमिमा १२ वर्ष संघर्ष गर्दासमेत आर्थिक लाभ लिन नसकेको, उता मलेसियाबाट हात लाग्यो सुन्नाको अवस्थाबाट फर्केका सन्दीप राई र सन्तकुमार लिम्बूले पनि वैदेशिक रोजगारीलाई तिलाञ्जली दिएर चौंरीपालन व्यवसाय थालेको समाचारमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)