मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चुरोट तान्ने युवालाई सुझाव

ekantipur.com · Tue Apr 16 23:22:07 UTC 2024

म काम विशेषले जब घरबाट बाहिर जान्छु, किराना पसलतिर, चिया–दुनोट पसलतिर अनि घरपायकको मन्दिरतिर पुग्दा कलेज पढ्ने युवा (तन्नेरी) बडो रमाइलोका साथ निर्धक्क चुरोट तानिरहेको, खैनी, परागमा रमाइरहेको देख्छु । अझ कतिपय युवा कलेज जाँदा या घरतिर आउँदा बाटैमा पनि सानसँग चुरोट तान्दै हिँडिरहेको पाउँछु ।

घरमा बसेका बेला चुरोट खायो भने अभिभावकले गाली गर्ने डर, कलेजतिर खायो भने शिक्षक–शिक्षिकाले गाली गर्ने डर । यसैले सडक अनि गल्लीतिर गएर चुरोट खाए चिनेजानेका कसैले पनि नदेख्ने हुनाले युवाले यस्तो बाटो अपनाएको हुन सक्छ । अनि सोच्छु कि पढ्ने, लेख्ने बेलाको यस्तो कलकलाउँदो अनि अमूल्य जीवनलाई लात हानेर युवा आखिर किन धूमपानको लतमा लागिरहेका छन् ?

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)