सर्वाेच्चका मुख्य रजिष्ट्रारको पदावधि पनि लम्बिएन, न्यायाधीश पनि बन्न पाएनन्
barnanmedia.com · Sun Jul 27 22:21:07 GMT 2025

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल आइतबार अवकाशमा गइसकेका छन्। ५८ वर्षे उमेर हदका कारण ढकाल घर त गए, तर उनको धोको भने न्यायाधीश बन्ने थियो। ढकाल २०८० पुसमा मुख्य सचिव सरहको मुख्य रजिस्ट्रार पदमा बढुवा भएका उनले न्यायाधीश बन्न आफू त लविङ गरे नै कर्मचारी पनि परिचालन गरे। कतिसम्म भने
सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुँइकेल अध्यक्ष रहेको न्यायपालिका अधिकृत समाजले ढकाललाई न्यायाधीश बनाउनुपर्ने माग राख्दै प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष प्रकाशमानसिंह राउतदेखि सबै सदस्यहरुलाई ध्यानाकर्षणपत्र बुझाएको थियो। टोलीले न्यायपरिषद्का सदस्यहरूमध्ये कानुनमन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ता महेशकुमार नेपाल लगायतसँग मागपत्र बुझाए पनि परिणाम हात लागेन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)