सासु कोषविरुद्ध दोस्रो चरणको आन्दोलनमा कर्मचारी
abhiyandaily.com
काठमाडौं (अस) । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन बाध्य गराइएको भन्दै आन्दोलित बैंक, बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीले दोस्रो चरणको आन्दोलन थाल्ने भएका छन् । सम्बद्ध कर्मचारीले आआफ्नो कार्यकक्षमा हातमा कालोपट्टी बाँधेर सामाजिक सुरक्षा कोषको उक्त योजनाप्रति विरोध प्रदर्शन गर्ने भएका हुन् ।
कोषका अधिकांश व्यवस्था संशोधन गर्न र ऐच्छिक बनाउन माग गर्दै आएका उनीहरूले माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसअघि कर्मचारीले आफ्ना मागसहितको ब्यानर कार्यालयमा प्रदर्शन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)