मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुर्वमन्त्री आलमसहित ४ जनालाई जन्मकैद सजाय

rajdhanidaily.com · Thu Apr 25 23:27:31 UTC 2024

रौतहट । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री अफताब आलम सहित ४ जनालाइ जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ । बम बिष्पोटमा परेका घाइतेलाइ जिउदै ईटा भट्टामा हालेर मारेको आरोपमा पुपक्षको लागी नख्खु जेलमा रहेका आलमलाइ बिहीबार जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले जन्मकैदको सजाय सुनाएको हो ।

जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन् । त्यस्तै, घटनाका अभियुक्त बनाइएका मुक्ति साहलाई भने सफाइ मिलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)