बडिमालिका जाँदै गरेको जुम्लाको टोलीमाथि दुर्व्यवहार
ekantipur.com · Wed Aug 30 16:56:02 GMT 2023
जुम्ला — बाजुरा जिल्लाको तीर्थस्थल बडिमालिका जाँदै गरेको जुम्लाको टोलीमाथि बुधबार साँझ दुर्व्यवहारको घटना भएको छ । बाजुराको ठाटीकाँधमा मदिराले मात्तिएका युवाहरुले जुम्लाबाट गएका पुजारी र तीर्थालुमाथि आक्रमणको प्रयास गरेका हुन् ।
जुम्लाबाट गएको टोली बाटोमा हिड्दै गरेको भिडियो खिचिरहेको बेला मदिरा सेवन गरेका युवाहरुले आक्रमणको प्रयास गरेको टोलीका सहभागी पत्रकार कर्णबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार युवाहरुले क्यामरा खोस्ने,खिचेको भिडियो डिलिट गर्नेदेखि टोलीमाथि नै हातपात गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)