सानिमा बैंकको भिडियो केवाईसी सेवा शुरू
abhiyandaily.com
काठमाडौं (अस) । सानिमा बैंकले भिडियो केवाईसी सेवा शुरू गरेको छ । गैरआवासीय नेपालीका साथै विदेशमा कार्यरत नेपाली श्रमिकले विदेशबाटै अनलाइन खाता खोल्न सक्नेगरी भिडियो केवाईसी शुरू गरिएको हो । खाता खोल्नकै लागि बैंकसम्म पुग्नुपर्ने बाध्यता अब नहुने बैंकले बताएको छ । भिडियो केवाईसीमार्फत ग्राहकले सानिमा बैंकका कर्मचारीसँग प्रत्यक्ष कुराकानी गरी खाता खोल्न सक्ने र त्यसका लागि चाहिने कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण सहजै गर्न सकिने बताइएको छ । बंैकले हाल १२७ कार्यालय र १२० एटीएममार्फत बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)