मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामचन्द्र पौडेलसहित ६४ मतदाता सहभागी भएनन् मतदानमा

baahrakhari.com · Mon Dec 13 18:48:00 GMT 2021

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज भएको मतदानमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भएनन् । पौडेलसहित ६४ मतदाताले मतदानमा सहभागिता जनाएनन् ।

मतदानमा सहभागी नहुनेमा विशेषतः विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि छन् । कोभिड १९ को संक्रमणको त्रासका कारण केही देशले हवाई सेवा बन्द गरेका कारण महाधिवेशन प्रतिनिधिहरु नेपाल आउन नपाएको कांग्रेस नेताहरुले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)