मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ध्वनी प्रदूषणले बालबालिकाको स्मरणशक्ति कमजोर बनाउँछ : अनुसन्धान

swasthyakhabar.com · Thu Aug 18 00:17:00 GMT 2022

काठमाडौं- विद्यालय जाने क्रममा बाटोमा हुने चहलपहल कारण बालबालिकाको स्मरणशक्ति कमजोर हुने एक अनुसन्धानले देखाएको छ। स्पेनको बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थका अन्वेषकहरूले बार्सिलोनाका ३८ विद्यालयमा अध्ययनरत बालबालिकामाथि अनुसन्धान गरेका थिए।

७ देखि १० वर्ष उमेर समूहका २ हजार ६ सय ८० बालबालिकामाथि गरिएको यस अनुसन्धानमा बाहिरी आवाजको स्तरमा ५ डेसिबलले पनि स्मरण क्षमता ११.५ प्रतिशतले घट्ने देखिएको थियो। जहाँ कठिन कार्यहरू गर्ने क्षमताको विकास पनि २३.५ प्रतिशत प्रभावित हुने देखाएको थियो। यस कारणले गर्दा अध्ययनमा ध्यान ४.८ प्रतिशतले घट्छ। ध्वनी प्रदूषणले स्मरणशक्तिको विकासलाई सुस्त बनाउँछ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)